Section 11
जिम्मेवारी र अधिकार प्रत्यायोजन

(१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही विश्वविद्यालयको सबै अधिकार सभामा निहित रहनेछ ।
(२) सभाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका आफ्ना अधिकारहरूमध्ये आवश्यकता अनुसार सबै वा केही अधिकार कार्यकारी परिषद्, प्राज्ञिक परिषद् तथा अन्य पदाधिकारीहरूलाई वा तोकिए बमोजिम स्थापना गरिएका समितिलाई सुम्पन सक्नेछ ।